दर्शक, विदेशी पत्रकार, प्रत्यक्ष प्रसारण र गाेल नभएकाे गाेप्य खेल

 असोज २९, २०७६ बुधबार १३:२३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

साउथ कोरियाली फुटबल संघले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उपलब्ध गराएकाे तस्बिर ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत मंगलबार २ देशबीच खेल भयो । तर यो खेल कुन समयमा भयो, कसरी भयो त्यो कसैलाई थाहा भएन, यो खेलको न त प्रत्यक्ष प्रशारण थियो, न त विदेशी पत्रकार नै उपस्थित थिए, अझ भनौँ मैदानमा एक जना पनि दर्शक उपस्थित थिएनन् ।

यो खेल हो दक्षिण कोरिया र उत्तर कोरियाबीच भएको छनोट खेल । उत्तर कोरियामा भएको यो खेलमा दक्षिण कोरियाबाट खेलाडी र अफिसियल बाहेक अरु २ जना पदाधिकारीलाई मात्र पठाएको थियो । जसले खेलको अपडेट संघमा गरुन भनेर ।

निकै सुरक्षाकाबीच गोप्य किसिमले गरिएको यो खेलमा किम जोङको सरकारले दक्षिण कोरियाका एक जना पनि समर्थकलाई हेर्नका लागि उत्तर कोरीयामा अनुमति दिएको थिएन । यतिमात्र होइन, फुटबल इतिहासमा पहिलो पटक खेलेका यी २ टिममा एकजना पनि विदेशी पत्रकारलाई अनुमति दिइएको थिएन ।

कुनै पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण नदिइएको यो खेलमा उत्तर कोरियाले दक्षिणलाई खेलपछि भिडियो टेप दिने सहमति भने दिएको थियो । तर त्यो पनि खेलाडी स्वदेश फर्किँदा मात्र । त्यही आधारमा यो खेलका केही फोटोहरु सार्वजनिक भएका हुन् ।

खेलकाे नतिजा पनि गोलरहित बराबरीमा सकिएकाे थियाे । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया