'कोका-कोला' ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक : अनुसन्धान

 बैशाख १४, २०८१ शुक्रबार १५:१९:९ | एजेन्सी
unn.prixa.net

वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ वटा कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ ।

हिजो प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ) लगायत १२ वटा अन्तर्राष्ट्रिय संस्थाले सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ वटा कम्पनी र १३ वटा कम्पनी एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ ।

अध्ययनअनुसार कोका–कोला कम्पनी ब्रान्डेड प्लास्टिक प्रदूषणको सबैभन्दा ठूलो उत्पादक रहेको छ । यसले विश्वव्यापी कुल प्रदूषणमा ११ प्रतिशत योगदान गरेको छ । त्यसपछि पेप्सीको पाँच प्रतिशत, नेस्ले र फ्रान्सेली खाद्य कम्पनी डेनोनको समान तीन प्रतिशत योगदान रहेको खबरमा उल्लेख छ । यो अनुसन्धान ८४ वटा देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित रहेको गरिएको थियो ।

सीएसआईआरओका अनुसन्धानकर्ता क्याथी विलिसले प्लास्टिक प्रदूषण पत्ता लगाउने क्षमता र जवाफदेहिता बढाउन प्याकेजिङको ब्रान्डिङमा सुधार ल्याउन अन्तर्राष्ट्रिय मापदण्डका लागि आग्रह गर्नुभयो ।

समग्रमा अनुसन्धानले वातावरणमा ब्रान्डेड र गैरब्रान्डेड प्लास्टिक प्रदूषणको मात्रा ५०–५० प्रतिशतमा विभाजित भएको फेला पारेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया