‘भारतले पानी रोके पाकिस्तानले कडा जवाफ दिन्छ’

 असोज ३०, २०७६ बिहिबार १७:४०:२७ | एजेन्सी
unn.prixa.net

भारतले पानी रोके पाकिस्तानले कडा जवाफ दिने प्रतिक्रिया दिएको छ ।

बिहीबार पाकिस्तानले सम्झौताअनुसार नै विभिन्न तीन वटा नदीको पानीमा आफ्नो ‘विशेष अधिकार’ रहेको जनाएको छ । पाकिस्तानले पानी रोक्ने कुनै पनि प्रयासलाई ‘उक्साहटको कारबाही’ रुपमा लिने र त्यसको कडा जवाफ दिने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसालै हरियाणामा भएको एउटा चुनावी र्‍यालीमा भारतबाट पाकिस्तानतर्फ जाने पानी रोक्ने बताएका थिए ।

मोदी सरकारले मानवअधिकारको सम्मान गर्दैन : पाकिस्तान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘भारतीय किसानको हकको पानी, हरियाणाका किसानको हकको पानी ७० वर्षसम्म पाकिस्तानतर्फ गैरहेको छ । यो मोदीले त्यो पानी रोक्छ र तपाईँहरुको घरघरमा पुर्‍याउँछ ।’

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भने, ‘सिन्धु जल सम्झौताअनुसार पाकिस्तानसँग पश्चिममा रहेका ती नदीको पानीमाथि विशेषाधिकार रहेको छ ।’

उनले अगाडि भने, ‘भारतीय नेतृत्वबाट यस्तो बयान आउनु मोदी सरकार भारतलाई एक गैरजिम्मेवार आक्रामक राज्य बनाउन चाहेको र मानवअधिकार र अन्तर्राष्ट्रियवादमा कुनै सम्मान नभएको स्पष्ट हुन्छ ।’

सम्बन्धित समाचार

सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा पाकिस्तान र भारतबीच ‘इन्दस जल सम्झौता’ भएको थियो । यो सम्झौतामा इन्दस र यसका ५ सहायक नदीको पानीको प्रयोगका बारेमा व्यवस्था गरिएको छ । यसमा ६ वटा नदीलाई पूर्वी र पश्चिमी गरी दुई भागमा विभाजन गरिएको छ ।

पूर्वी क्षेत्रमा रहेका नदीहरु सतलज, बीज र रवि नदीको पानी भारतले प्रयोग गर्ने तथा पश्चिम क्षेत्रमा रहेका झेलम, चिनाब र इन्दस नदीको पानी पाकिस्तानले प्रयोग गर्ने सम्झौतामा उल्लेख रहेको छ । तर सम्झौतामा भारतले पनि पश्चिम क्षेत्रका नदीको पानी प्रयोग गर्न पाउने उल्लेख गरिएको छ । 

शान्तिका लागि खतरापूर्ण

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता फैसलले मोदीको  ‘अतिवादी सरकार दक्षिण एसिया र विश्वकै शान्तिका लागि खतरापूर्ण’ भएको बताएका छन् । उनले कश्मीर मुद्दा पनि उठाएका छन् ।

उनले भारत प्रशासित कश्मीरका ८० लाख नागरिक बाँकी विश्वसँग सम्बन्ध विच्छेद भएको बताएका छन् । यस मामिलामा भारत एक्लिएको पनि प्रवक्ता फैसलको दाबी रहेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया