‘युभे–युभे’ गीत गाउँदै टुरिन पुगेका रोनाल्डोलाई भव्य स्वागत(फोटोफिचर)

 असार ३२, २०७५ सोमबार १६:८:२९ | एजेन्सी

पोचुर्गिज स्टार क्रिष्टियानो रोनाल्डो टुरिन पुगेका छन् । इटालियन क्लब युभेन्टसमा १०० मिलियन पाउण्डमा आवद्ध भएका रोनाल्डोलाई टुरिनमा सयौं समर्थकले स्वागत गरेका छन् ।

उनी आफ्नो व्यक्तिगत विमानबाट आइतबार साँझ टुरिन पुगेका हुन् । रोनाल्डो आज स्वास्थ परीक्षणका लागि मेडिकल सेन्टरमा पुगेका छन् । उनले समर्थकहरुलाई अटोग्राफ दिएका थिए । मेडिकल सेन्टरमा जाँदै गर्दै उनले ‘युभे–युभे’ भन्ने गीत गाएको थिए, जुन क्लबको आधिकारिक गीत हो ।

युभेन्टसको मैदानमा उनलाई नेपाली समय अनुसार राती पौने एक बजे क्लबको जर्सीमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

विश्वकपबाट बाहिरिएपछि विदा मनाउन ग्रिस पुगेका रोनाल्डो र उनको परिवार ग्रिसबाट सोझै टुरिन गएका थिए । 

स्पेनिस जायन्ट रियल मड्रिडमा नौ वर्ष बिताएका रोनाल्डोले केही दिन अघि युभेन्टस जाने इच्छा व्यक्त गरेका थिए । 

उनले रियललाई चार पटक च्याम्पियन्स लिग जिताएका थिए भने पाँच पटक बलोन डी ओरको उपाधि पनि जितेका थिए ।

 

 

तस्बिर- डेली मेलबाट

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया