हेर्ने कथा १० - वडा नम्बर २२ को कथा

 असार ३२, २०७५ सोमबार १६:३७:४१ | उज्यालो सहकर्मी

नेपालगञ्ज उपमहानगरपालिकोको वडा नंवर २२ को किर्घिनपूर्वामा छ नैनाको घर । नैना र यस वस्तीबीच अनेक समानता छन् । गाउँ भनौ, उपमहानगरभित्र पर्छ । शहर भनौ शहरमा हुनुपर्ने खानेपानी, सडक, बिद्यालय जस्ता आधारभूत सुविधा पनि छैनन् । नैनाको अवस्था पनि यस्तै छ । नैना न पुरुष हुन्, न महिला । तर नैनाबिना शहर र गाउँका धेरै शुभकर्म अलपत्र पर्छन् । नैनाका हातले ताल ठोक्छन् र गोडाले तालसित चाल मिलाउँछन् । नैना र उनको बसोवास रहेको वडा नंवर २२ मा मानिसलाई छक्क पार्ने र अचम्म लाग्ने कुरा धेरै छन् ।
 

अन्तिम अपडेट: भदौ २७, २०७५

तपाईको प्रतिक्रिया