सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – चावहिल चुच्चेपाटीमा पुरानो घर भत्काउने क्रममा दुई जना घाइते भएका छन् ।
भत्काउँदै गरेकाे पुरानो घरले थिच्दा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा एक जना मजदुर र एक जना बालक रहेको महानगरीय प्रहरी प्रभाग गौशालाका प्रहरी नायब निरीक्षक (सई) पूर्ण कार्कीले जानकारी दिनुभयो ।
घाइते हुनेहरुको नाम नखुलेको उहाँले बताउनुभयो । घाइतेहरुको दीर्घायु अस्पतालमा उपचार भैरहेको छ ।