थाइल्याण्डको गार्डेनमा नेपाल भ्रमण वर्ष २०२० को डिजिटल बोर्ड

 कात्तिक ६, २०७६ बुधबार १९:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारको लागि थाइल्याण्डको एक गार्डेनमा नेपाल भ्रमण वर्षको डिजिटल बोर्ड राखिएको छ ।

थाइल्याण्डमा रहेको नेपाली दूतावासको पहलमा पटायामा रहेको नङनूच गार्डेनको मुख्य गेटमा डिजिटल बोर्ड राखिएको हो । गार्डेनमा दैनिक ९ हजार  जनाले अवलोकन गर्ने गरेका छन् । गार्डेनमा बोर्ड राख्न सहयोग गरेकोमा नेपाली दूतावासले गार्डेनका प्रमुख कम्पोन तान्साचालाई धन्यवाद दिएको छ  । 

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि नेपाल सरकारले विभिन्न प्रवर्द्धनात्मक कार्यहरु गर्दै आएकाे छ । थाइल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमण वर्ष गर्न प्रेरित गर्ने उद्देश्यले याे डिजिटल बाेर्ड लगाइएकाे हाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया