नवनियुक्त कप्तान ज्ञानेन्द्रलाई पूर्व कप्तान पारसको बधाई !

 कात्तिक १३, २०७६ बुधबार १६:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन् ।

पारसले ट्वीटमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘सबैभन्दा योग्य व्यक्ति नेपाली क्रिकेट टिमको कप्तानमा नियुक्त भएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई । जसले ठूलो जोस, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्नेछौँ ।’

पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो ।

अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए ।

संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए । तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् ।

नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ । त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल आउनेछ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया