सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - आसन्न १३ औंँ दक्षिण एसियाली खेलकुद सागको उद्घाटनस्थलको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशालामा सिट जडानको काम सुरु भएको छ ।
मंसिर १५ देखि २४ सम्म काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा आयोजना हुने सागका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले तयारी तीव्र पारेको हो ।
प्रतियोगिता उद्घाटनस्थलको रुपमा रहेको दशरथ रंगशालाको साधारण तर्फको प्यारपिटमा सिट जडान सुरु गरिएको छ । साधारणतर्फ जडान गर्नका लागि कम्तिमा १ हप्ताभन्दा बढी समय लाग्ने जनाइएको छ । साधारणतर्फ १५ हजार सिट राखिने छ ।
मंसिर १५ गते सागको उद्घाटन भए पनि नेपालले त्यसघि नै कुवेतविरुद्ध विश्वकप छनोट खेल्नुपर्ने छ । त्यसका लागि पनि यो महिनाभित्रै रंगशालाको सिट राख्ने काम सक्नु पर्ने बाध्यता छ ।
साधारण तर्फको प्यारापिटमा सिट जडान सकिए पनि भीआईपीतर्फको प्यारापिट भने विश्वकप छनोट अघि तयार हुने सम्भावना भने निकै कम छ ।