दोस्रो टी–२०: न्यूजिल्यान्डले इंगल्यान्डलाई २१ रनले हरायाे

 कात्तिक १७, २०७६ आइतबार १३:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डकाे वेलिङ्टनमा खेलिएको दोस्रो टी २० खेलमा घरेलु टाेली न्यूजिल्यान्डले इंग्ल्यान्डलाई २१ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे गरेको न्यूजिल्यान्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १ बल बाँकी छँदै सबै विकेट गुमाएर १५५ रन बनायो । न्यूजिल्यान्डका मिचेल सान्टनर तीन विकेट लिँदै म्यान अफ दि म्याच घोषित भए ।  

न्यूजिल्यान्डका लागि मार्टिन गप्टिलले २८ बलमा ४१ रन बनाएका थिए भने जेम्स निशामले २२ बलमा ४ छक्का र २ चौकाको मद्धतले व्यक्तिगत ४२ रन बनाउँदै टिमको स्कोर २० ओभरमा १७६ रनसम्म पुय्राएका थिए ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले सबैभन्दा बढी ३ विकेट लिए भने  साम कर्रनले २ विकेट लिए । 

लक्ष्य पछ्याँउने क्रममा इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जोनी बेयरस्टो खाता नखोली आउट भए । त्यस्तै जेम्स भिन्स पनि १ रन बनाएर आउट भएपछि इंग्ल्यान्डको खेल खस्किएको थियो ।

डेभिड मलान र अयन मोर्गन क्रमश: ३९ र ३२ रन बनाएर आउट भएपछि इंग्ल्यान्ड टिम दबाबमा परेकाे थियाे । त्यसपछि क्रिस जोर्डनले १९ बलमा ३६ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।१७७ रनकाे लक्ष्य भेट्ने क्रममा रन रेट बढेकाले दबाबमा परेकाे टिम १ बल बाँकी छँदा १५५ रनमा अल आउट हुन पुग्यो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया