सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
पर्वत – अविरल वर्षाका कारण आएको पहिरोले पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको छ ।
मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोका कारण बमबहादुरका १६ वर्षीय छोरा विकास परियारसहित ५ जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले उद्धार कार्य जारी छ । स्थानीयबासीलगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन ।
त्यस्तै जलजला –८, धाइरिङ बास्कोटमा समेत स्थानीय भिमलाल आचार्यको घर पहिरोमा परि भत्किँदा ६ जना घाइते भएका छन् । स्थानीयहरुले घाइतेको उपचारका लागि लैजाँदै गरेको मिलन चोक प्रहरी चौकी इञ्चार्ज कृष्णबहादुर नेपालीले जानकारी दिनुभयो ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।