कजाकिस्तानमा दुर्लभ मानिने पाँच सयभन्दा धेरै सामुन्द्रिक सिल म...
कात्तिक २३, २०८१ शुक्रबार
इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ ।
यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ ।
गोलकिपरका लागि बढी रकम खर्च गर्ने कीर्तिमान अहिलेसम्म इंग्ल्याण्डमा म्यान्चेष्टर सिटीको थियो । जहाँ उसले बेन्फिकाका एडर्सनलाई ४० मिलियन यूरोमा अघिल्लो वर्ष भित्र्याएको थियो ।
यो कीर्तिमान तोड्दै लिभरपुलले झण्डै दोब्बर मूल्यमा एलिसनलाई अनुबन्ध गर्न लागेको हो । च्याम्पियन्स लिगको फाइनल र प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पनि लोरिस कारियसले गरेको गम्भीर गल्तिका कारण लिभरपुलका प्रशिक्षक जर्जेन क्लोप गोलकिपर परिवर्तन गर्न बाध्य भएका हुन् ।
भर्खरै सम्पन्न विश्वकपमा पाँच खेल खेलेका एलिसनले तीन खेलमा क्लिन सिट राखे पनि क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।