डाक्टर केसीलाई काठमाडौं ल्याउन जुम्ला पुग्यो हेलिकोप्टर

शिक्षामन्त्री भन्छन् – केसीले भन्दैमा विधेयक फिर्ता हुँदैन

 साउन ३, २०७५ बिहिबार १०:२१:१० | नेत्र शाही
unn.prixa.net

जुम्ला – अनसनरत डाक्टर गोविन्द केसीलाई हेलिकोप्टरबाट आजै काठमाडौ ल्याइने भएको छ । उहाँलाई लिन हेलिकोप्टर जुम्ला पुगेको छ ।

उहाँको स्वास्थ्य अवस्था गम्भिर बनेपछि उपचारका लागि काठमाडौ ल्याउन हेलिकोप्टर जुम्ला पठाइएको सरकारले जनाएको छ ।डाक्टर केसी २० दिनदेखि अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रष्तिठानमा बाहिरका कसैलाई पनि प्रवेश दिइएको छैन भने अनसनस्थल सुरक्षाकर्मीले घेरेका छन् ।

डाक्टर  केसीले आफ्नो माग पूरा नभएसम्म उपचार नगराउने अडान लिनु भएको छ । सरकारी पक्षले केसीलाई कसरी काठमाडाैं ल्याउने भन्नेबारे केही पनि जनाएको छैन । सरकारी वार्ता टोलीका सदस्यले पनि यसबारेमा केही बताउन चाहेनन् ।

केसी पक्षका वार्ता टोलीले भने आफूहरुलाई सरकारी पक्षले कुनै जानकारी र समन्वय नगरको बताएको छ । २० दिनदेखिको अनसनका कारण डाक्टर केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि सत्तारुढ दल नेकपाले केसीलाई उपचारका लागि काठमाडौ ल्याउने निर्णय हिजो गरेको थियो । केसीलाई जसरी पनि उपचारका लागि काठमाडाैं ल्याउन सरकारले हेलिकोप्टर जुम्ला पठाएको हो । 

यसैबीच सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता नलिने र मन्त्रीस्तरीय वार्ता टोलीपनि नबनाउने बताएको छ । शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरि सरकारले विधेयक फिर्ता नलिने र विहीबारको संसद बैठकमा यसलाई टेबुल गर्ने कार्यसूची रहेको बताउनुभयो । उहाँले डाक्टर केसीले भन्दैमा विधेयक फिर्ता र मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न सरकार तयार नहुने पनि बताउनुभयो ।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि अस्पतालमा पुग्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

10 Comments

  • राज कुमार

    July 19, 2018, 2:17 p.m.

    अरे हो नामको नेपाली जनताको सरकार बरु हेलिकप्टर बाट बम हान हो ....डाक्टर के. सि.पनि खतम दुर्गममा हस्पिटल पनि खतम अनि मज्जाले सात पुस्तालाई पुग्ने बैन्कमा धन सम्पत्ति थुपार अनि शासन गर नेपाली सोझा निर्दा जनतामा नाममात्रको कमिनिस्ट खोल धारीहरु

  •  0 Reply
  • राज किशोर सिन्हा

    July 19, 2018, 2:10 p.m.

    सबै कमिसनको चकर हो। गरिब जनता का लागि लडिरहेका डा. केसीलाई मर्न चाहन्छ अहिले का सरकार मा बसेको नेताले।जङ्गल मा बसी बसी उनीहरू को बुद्धि र विवेक नै हराएको छ , अहिले राज्य सता र राज्यकोष को दुरुपयोग पनि बढेको देखिन्छन् नेपाल मा अहिले पुर्ण रुपमा विवेक हिन कम्युनिस्टको राज्य देखिन्छ

  •  0 Reply
  • Durga pathak

    July 19, 2018, 1:51 p.m.

    केपी ओलिमा मलेसियाका महाथिर्, सिङ्गापुरका लि क्विन खोज्ने हामिलाई धिक्कार छ !

  •  0 Reply
  • ashique

    July 19, 2018, 1:26 p.m.

    प्रतिक्रिया दिदै मा न सरकार चलाउने चेतिन्छ्न नत जनता। दोस कसै मा होस पैला त सब भन्दा ठुलो कुरो मान्छे को ज्यान पो हो त। ज्यान जोगाउनु परम कर्तव्य सरकार को हो। त्यो चाही जसरी नि गर्नु पार्‍यो । बिगत का सम्झौता र समझदारी यदि कार्यान्वयन भएको भए के dr. साहेब पागल हुन अनशन बसि राखने सधै। उनलाइ पागल भन्ने वास्तव मा पैला आफुलाइ र बिगत का कुरा हरु लाइ नियालेर हेर्नु पो पर्छ त। यहा सबै कलेज हरु को चर्तीकला कसलाई था छैन। गरिब बिद्यार्थी त dr बन्ने रहर अब न बोके हुन्छ। जसरी पनि 60 लाख देखी 70 लाख ठठाइ रहेछन । सरकार मौन छ। सस्तो पढ्न बिदेश सजिलो हुन्छ भनेर सारा नेपाली पैसा बिदेसिन पुगेको छ। देश प्रती को माया कसलाई छ। सब आफ्नो दुनो सोझ्यानुमा ब्यस्त छन।

  •  0 Reply
  • अधिकारी सागरराज

    July 19, 2018, 1:25 p.m.

    डाक्टर गोविन्द केसीका माग अत्यन्त सहि छ...यसलाई राजनैतिक मुद्दा बनाउनेहरु अवसरवादि हुन् ....तर जसले कुरै नबुझी डाक्टर गोविन्द के सी पागल हुन् भन्छ या त त्यो नेताका पिछलग्गु(हनुमान) हो, या त भ्रष्टाचारीको छोरा/छोरीी अथवा मेडिकल माफियाकाा मतियार हो

  •  0 Reply
  • गुणराज अधिकारी

    July 19, 2018, 1:21 p.m.

    कमेन्ट लेख्ने एउटा नेपाने थरको मानव ,होइन त्यो दानव, अझ भन्नुपर्दा त्यो पशु मध्येको पनि सुँगुर, सुँगुर पनि उपयोगी हुन्छ फोहोर व्यवस्थापन गर्छ यो भन्दा पनि कामै नलाग्ने पशु । हे ईश्वर यस्तो महा पशु लाई किन यो पृथ्वीमा जन्माएर भार बोकायौ ?

  •  0 Reply
  • सुमन राज शर्मा

    July 19, 2018, 12:57 p.m.

    सरकारको मती खलबलियो जस्तो छ। के ठिक के बेठिक छुट्टयाउनै नसक्ने जस्तो हुन लागेछ। कम्युनिष्ट एकता का नाममा भएको सहमति जन सेबा का लागि होइन पो रहेछ जस्तो भान पर्न थालेको छ जनता मा । कतै यहि हठ का कारण यिनिहरुको पतन शुरु भएको त होइन? सबै समाधानको बाटो वार्ता हो भन्ने गरेका अोलिको बोलिको मजाक पो बनाएछन् एकता ले त? कतै कम्युनिष्ट एकता त ए कम्युनिष्ट कता? भएको त होइन या ओलिजि लाइ असफल बनाउने षड्यन्त्र हो? बिनास काले बिपरित बुद्धि होला हइ बेलैमा होस पुर्याउन्।

  •  0 Reply
  • एलन न्यौपाने

    July 19, 2018, 12:51 p.m.

    सरकार यस्ता पागल हरु काे सामु नझुक! यो एक आतंकवाद काे संज्ञा हो! डाक्टर काे माग जायज भएपनि शैली गलत छ! आफै जान्ने भएर अनशन बसेका हुन् बिरामी भएर मर्ये पनि सरकार लाई पाप लाग्दैन! अाज त डाक्टर केसि, भोलि यस्ता पागल कति अनशन बस्ला नाजायज कुराको आधारमा, k सबैलाई तिमी टिपेर उपचार गर्दै हिड्छौ? डाक्टर भएपछि त बिरामी को उपचार गर्दै पो हिड्नु पर्छ त अनसन बस्दै आफै बिरामी भएर हिड्ने! मर्न देउ यो पागल लाई! देश लाई कुनै घाटा हुने छैन बोरु पागल काे संख्या घट्छ!! जय नेपाल।। जय पागल हरु।।

  •  0 Reply
  • प्रदिप याखबा

    July 19, 2018, 12:39 p.m.

    बिचार गोबिन्दे बुढा पनि रोगी अनि गरिब रछन नानाभाटी नाटक गरेर भएपनी सारिरिक उपचार चही राज्य कोस्बाटै गराउने भए नेपाल्मा गतिलो मान्छे नजन्मिदो रहेछ ।थुक्क बरु मर्नु दिनुनी येस्तलाई!!

  •  0 Reply
  • Bhupendra Nirajan

    July 19, 2018, 11:48 a.m.

    ५० किलोका गोविन्द बालाई पोको पारेर ल्याएर सुई घोचेर राखेसी समस्या टर्छ भनेर सल्लाह दिने बुज्रुकहरु नि नमूनाकै हुन्।

  •  0 Reply

तपाईको प्रतिक्रिया