महिला भलिबल: नेपाल र भारतबीच दुई-दुईकाे बराबरी, निर्णायक सेट चल्दै

 मंसिर १७, २०७६ मंगलबार १८:१९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको स्वर्णका लागि भइरहेकाे नेपाल र भारतबीचकाे प्रतिस्पर्धामा दुई-दुईकाे बराबरी भएकाे छ ।

पहिलाे खेलमा पछि परे पनि दाेस्राे र तेस्राे खेलमा उत्कृष्ट कमब्याक गरेकाे नेपालले भारतसँग चाैथाे सेट २५-२० ले गुमाउन पुग्याे ।

पहिलाे सेट गुमाएकाे नेपालले लयमा फर्कँदै दाेस्राे खेल २५-२३ ले जितेकाे थियाे । सुरुवात देखि नै कडा प्रतिस्पर्धा भएको दाेस्राे सेट एक समय १७–१७ को अवस्थामा थियो ।

तर त्यसपछि नेपालले २१–१७ को अग्रता बनाउन सफल भयो । त्यसपछि नेपालले लगातार तीन अंक गुमाउँदा खेल २२-२१ मा पुगेको थियो । अन्ततः नेपालले आफ्नो प्रभाव जमाउँदै २५–२३ ले जित्यो ।

 तेस्राे सेट २५-२१ ले हराउँदै नेपालले दुई-एककाे अग्रता बनाउन सफल भएकाे थियाे ।

अबकाे सेट जित्ने टाेलीले स्वर्णपदक जित्नेछ ।   

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया