डोटीमा एकै परिवारका चार जनाले सेतीमा हाम फाले

 साउन ५, २०७५ शनिबार ९:६:२१ | विमल बिष्ट
unn.prixa.net

डोटी  – आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् ।

हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमहहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र ए छोरी हुन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले बताउनुभयो । 

परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनुभयो । ‘बम बोहराका परिवारले सेती नदीमा हामफाले भन्ने खबर आयो, प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ, के कारणले हाम फालेका हुन अनुसन्धान छि मात्रै सबै कुरो भन्न सकिन्छ’, उहाँले भन्नुभयो ।  

जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ।

शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको र उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया