दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्ड...
पुस २८, २०८१ आइतबार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । साेमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्तले हत्या गरिएकी बालिकाकी आमालाई तीन महिनाअघि डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।
‘पक्राउ परेका युवाले अत्याधिक मदिरा सेवन गरेका छन्’, प्रहरी प्रवक्ता चन्दले भन्नुभयो, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Anamika
Dec. 30, 2019, 8:43 p.m.निर्मलाको हत्यारालाई मारिदिएको भए डरले नै यस्तो बलात्कारको खबर फेरि सुन्नुपर्ने थिएन...रक्सी खाएर बालिका बलात्कार गर्नेलाई फाँसी दिनुपर्छ , त्यै बेला /
Mahtab Ansari
Dec. 30, 2019, 8:41 p.m.बलात्कारीलाई सिधै फाँसी दिनुपर्छ ....हे न्याय !!! नत्र अरु के भनम ...लाज नलाग्ने सरकारसंग ...शरीर नै झसंग भयो मेरो त यस्तो खबर सुन्दा... साँचै संसार पापी नै रहेछ /
Dev ta Joshi
Dec. 30, 2019, 8:33 p.m.यस्तो मान्छेलाई फाँसी दिनुपर्छ ...जसले समाजको मान र मर्यादा माथि हातपात गरोस् / एउटी सानी बालिकाको के दोष थियो होला त .......जसले संसार नै देख्न नपाई जानु पर्यो / ती सानी बहिनीलाई न्याय दिइयोस् !!
नरविन साउद
Dec. 30, 2019, 8:26 p.m.थुक्क शाला
सराेज निराैला
Dec. 30, 2019, 7:51 p.m.के हुँदैछ याे नेपालमा अब ३ बर्षका बच्चाकाे पनि यस्तो हालत बनाउन थाले ,, अाजिवन जेल सजाय हाेस नर पिशाचलाई ☹️☹️☹️☹️☹️
अभिषेक कुवँर
Dec. 30, 2019, 7:28 p.m.हैन यो देशमा दिनहुँ जसो बलात्कार,सवारी दुर्घटना ,चोरी,अपराध र भ्रस्टाचारका समाचारले मात्रै ठाउँ पायको देख्दा सार्है दिक्क लागेर आउन थालिसक्यो।सरकार अब त अति भो केही ठोस उपाय अपनाउनु पर्यो।कानुनी राज्यको अभाव भैरहेको छ।प्रहरी प्रशासन माथी सर्बसाधारन्को बिश्वास घुम्दै गएको छ।