बानेश्वरमा निषेधित क्षेत्र ताेड्ने तरुण दलकाे प्रयास, प्रहरीले अश्रु ग्यास प्रहार गर्याे

 साउन ५, २०७५ शनिबार १४:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - बानेश्वरमा डाक्टर गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै भइरहेको प्रदर्शनका क्रममा तरुण दलले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

अश्रु ग्यास प्रहार गर्ने क्रममा केही प्रदर्शनकारीहरु सामान्य घाइते भएका छन् ।

तरुण दलले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहारका साथै प्रदर्शनकारीहरुलाई बबरमहलतिर लखेटेको छ ।

यता माइतीघरमा भने ऐक्यवद्धता जनाउँदै मानव अधिकारकर्मी कृष्ण पहाडी, पूर्व प्रधान न्यायाधीश शुसिला कार्की, विवेकशील साझाका उज्वल थापा, लेखक खगेन्द्र संग्रौला लगायतका अभियन्ताहरुले भने शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया