विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको निधन

 साउन ६, २०७५ आइतबार ९:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ ।

उहाँको उपचारका क्रममा काठमाडौंको बल्खुमा रहेको बयोधा अस्पतालमा निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उहाँ राजपरिवारका पूर्व अंग रक्षक पनि हुनुहुन्थ्यो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया