कोइरालाको ३६ औँ स्मृति दिवस अाज

 साउन ६, २०७५ आइतबार ९:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका सस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३६ औ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

नेपालमा प्रजातन्त्रको स्थापना तथा प्रजातान्त्रिक समाजवादको अभियानका प्रणेता मानिने कोइरालाको निधन २०३९ साल साउन ६ गते निधन भएको थियो । उहाँलाई घाँटीको क्यान्सर थियो । 

आफ्ना संस्थापक नेताको सम्झनामा पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा विशेष कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेसले जनाएको छ । 

नागरिकको अधिकारका पक्षमा लड्ने क्रममा उहाँ पटकपटक जेल पर्नुका साथै भारतको निर्वासन समेत खेप्नुभएको थियो । तर भारतीय सरकारले आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने खतरा देखेपछि उहाँ बरु राजासंगै मिलेर देश विकासमा लाग्ने उद्घोष गर्दै उहाँ मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किनुभएको थियो । तर उहाँलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

२०१५ सालमा भएको चुनावमा उहाँ नेतृत्वको नेपाली काँग्रेसले दुई तिहाई बहुमत पाएपछि उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । तर त्यसको २ वर्ष नवित्दै तत्कालीन राजा महेन्द्रले कोइराला नेतृत्वको सरकारलाई अपदस्त गर्दै शासनसत्ता आफ्नो हातमा लिएका थिए । उहाँ नेपाली साहित्य क्षेत्रमा विपी कोइरालाको नामले लोकप्रिय हुनुहुन्छ । उहाँका दोषी चश्मा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन् सुम्निमालगायत कृति लोकप्रिय छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया