दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्ड...
पुस २८, २०८१ आइतबार
सुनसरी – नेपाल र भारतको सम्बन्ध हिमालझैँ अटल र गङ्गाझैँ पवित्र रहेको नेपाल र भारतका अधिकारीले बताएका छन् ।
भारतकाे बिहार राज्यको सुपौल जिल्लाकाे वीरपुर र दरभङ्गा जिल्लाको दरभङ्गामा भएको द्विपक्षीय बैठक तथा सहभ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीहरुले यस्ताे बताएका हुन् ।
भारत बिहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डका एसडीएम सुभाषकुमारले नेपाल भारतको सम्बन्ध 'बेटी रोटी'को जस्तै भएको बताउनु भयो । उहाँले दुई देशको सम्बन्ध बेटी रोटीकै भएका कारण अन्य देशमा जानका लागि प्रवेशाज्ञा र राहदानी लगाइए पनि नेपाल र भारतकालाई आवश्यक नभएको उल्लेख गर्नुभयो ।
दुई देशको सम्बन्ध अटुट भएकै कारण दुई देशका नागरिकले खुलारूपमा आवतजावत गर्न सकिरहेकाे एसडीएम सुभाषकुमारले बताउनु भयो । उहाँले दुई देशमा कुनै किसिमको समस्या भए आपसी छलफल र वार्ताबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपाल र भारतको सम्बन्ध हिमालझैँ अटल र गङ्गाझैँ पवित्र भएको बताउनु भयो । प्रमुख मेहताले भारतीय अधिकारीलाई नेपाल भ्रमण गर्नका लागि निम्तोसमेत दिनुभयो ।
उहाँले नेपालमा अहिले भ्रमण वर्ष चलिरहेकाले भ्रमणका लागि एसडीएम सुभाषकुमारलाई आग्रह गर्नुभयो । नगर प्रमुख मेहताले भ्रमण वर्षका अवसरमा पोखरा, काठमाण्डाैकाे पशुपतिनाथलगायतका क्षेत्रमा भ्रमण गराउन र स्वागत गर्नका लागि आफू तयार रहेको बताउनु भयो ।
भ्रमण वर्षलाई लक्षित गरेर छिट्टै आफूहरुले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने एसडीएम सुभाषकुमारले प्रमुख मेहतासमक्ष प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै भारतकाे बिहार राज्यकाे सुपौल जिल्ला वीरपुरका एएसपी रमानन्दकुमार कौसलले सीमा क्षेत्रमा दुवै देशका नागरिकमा केही समस्या भएकाले समाधानका लागि आग्रह गर्नुभयो ।
विवाह, व्रतबन्धलगायतका बेला नेपाली वा भारतीय क्षेत्रका नागरिकले कुनै पनि सामग्री आयात निर्यात गर्दा समस्या हुने भएकाले यसको समाधानका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अधिकारीहरुले भारतको दरभङ्गा जिल्लाको दरभङ्गामा रहेको दरभागा राजाको सङ्ग्रहालय, विवेकानन्द क्यान्सर रिसर्च सेन्टरलगायतको क्षेत्रको अवलोकन गरेका थिए ।
कार्यक्रम नेपाल भारतमैत्री सङ्घ इनरुवा सुनसरी र अनुमण्डलीय जनचेतना समिति भारत वीरपुरको समन्वयमा भएको थियो । कार्यक्रममा नेपाल भारतमैत्री सङ्घका अध्यक्ष हेमराज पोखरेल, सन्तोषदेव, गिरीराज अटल, कृष्ण दाहाल, राससकर्मी अजितकुमार झा, सीताराम पौदार पुरुषोत्तम घिमिरे लगायतको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।