पाेर्चुगलमा समुद्रकाे छालले बगाउँदा दुई नेपाली दाजुभाइको ज्यान गयाे

 पुस २९, २०७६ मंगलबार १८:५१:४० | रासस
unn.prixa.net

समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइबा तामाङ र कमल वाइबा तामाङ रहेका छन् ।   

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुद्री छालले बगाउँदा बेपत्ता भएका स्थानीय अधिकारीहरुले थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए । दुवैकाे शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भइसकेको तामाङ समाज पोर्चुगलका अध्यक्ष सुनिता ब्लोन तामाङले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया