चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा...
कात्तिक २३, २०८१ शुक्रबार
काठमाडौं – उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलमा ५ टिमको सहभागिता रहने छ । एन्फा मैदान सातदोबाटोमा १५ गतेसम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा ३ विभागीय सहित रौतहट र काठमाडौंको महिला टिमले सहभागिता जनाउँदैछन् ।
विभागीय क्लबहरु एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।
हालै जिल्लामा भएको उप मेयर कप महिला फुटबलमा उपाधि जितेकाले काठमाडौ र रौतहटलाई समावेश गरिएको एन्फाले जनाएको छ ।
सोमबारको उद्घाटन खेलमा पुलिस र त्रिभुवन आर्मी भिड्ने छन् ।
यसैगरी सोमबार नै हुने अर्को खेलमा काठमााडौं र रौतहट आमने सामने हुनेछन् । आगामी साफ महिला फुटबलको छनौटका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
राउण्ड रोबिन लिग प्रणाली अनुसार हुने प्रतिस्पर्धाको उपाधि प्वाइन्टका आधारमा तय हुने छ ।
सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक बढी हुने टिमले उपाधि जित्ने छ ।
प्रतियोगिता तयारीका लागि एन्फाले हरेक टिमलाई ५० हजार रुपैयाँ प्रदान गरेको पनि जनाएको छ । उपाधि विजेताले २ लाख पाउँदा उपविजेताले १ लाख ५० हजार पाउनेछन् ।
यसैगरी तेस्रो हुने टिमलाई ५० हजार दिइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार पाउँदा, उत्कृष्ट प्रशिक्षकलाई प्र्रशिक्षकलाई १० हजार दिइने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।