उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
रसुवा – चीनको केरुङमा रहेकाे मुलाडाँडा भन्ने ठाउँमा सुख्खा पहिरो जाँदा सवारीसाधन सञ्चालन रोकिएको छ ।
केरुङबाट झण्डै १७ किलोमिटर दक्षिणमा पर्ने मुलाडाँडामा पहिरो गएपछि सवारीसाधन सेवा रोकिएको हो । सिल लागेका गाडीहरू तल आउन नसकेर केरुङ तथा पाङसिङमा रोकिएकाे व्यवसायी पुरुषोत्तम पौडेलले बताउनु भयो ।
पहिरोका कारण सोमबार बिहानैदेखि सवारी आयात निर्यातको काम रोकिएको छ । सोमबार बाटो खुल्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।