जबर्जस्ती चन्दा असुली गर्दै गरेका विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

 माघ ८, २०७६ बुधबार १५:५३:७ | रासस
unn.prixa.net

भक्तपुर - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका एक जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका - ९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

प्रहरीले मध्यपुरथिमिकाे चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा चन्द समूहको सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसुरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया