दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्ड...
पुस २८, २०८१ आइतबार
झापा - झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पुर्याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहालले जानकारी दिनुभयो ।
कतिपय गर्भवती महिलामा चेतनाको कमी र आर्थिक अभाव हुँदा उनीहरुले नियमित गर्भ जाँच नगराउने भएकाले नियमित गर्भ जाँच गराउन प्रोत्साहन दिँदै आर्थिक सहयोग गर्न लागिएको बताइएको छ । “प्रोत्साहन रकम लिने गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनु पर्ने हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत दाहालले भन्नुभयो ।
आदिवासी समुदायको वाहुल्यता रहेको बाह्रदशी गाउँपालिकामा अझैं पनि चेतना अभावका कारण घरमै प्रसुति गराउने क्रम रहेको र त्यसलाई अन्त्य गर्दै स्वास्थ्य संस्था र अस्पतालमा मात्रै सुरक्षित रुपमा प्रसुति गराउन प्रोत्साहन दिने उद्देश्यले गाउँपालिकाले नयाँ योजना अघि सारेको दाहालको भनाइ छ । यहाँका गर्भवती महिलाले वडाको सिफारिसमा नजिकै रहेका स्वास्थ्य संस्थाबाट यो सेवा लिन सक्ने भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।