अब एक घण्टाकाे बाटाे दुई मिनेटमै !

 माघ १२, २०७६ आइतबार १४:१३:५८ | रासस
unn.prixa.net

कञ्चनपुर – भीमदत्त नगरपालिका १३ काे भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कल्भर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ ।

वडा कार्यालयले सात लाख रुपैयाँ खर्चेर कल्भर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो । 'नालामा कल्भर्ट निर्माण नहुँदा एम्बुलेन्स, दमकललगायत साधन बस्तीसम्म पुर्‍याउन सम्भव थिएन', वडाध्यक्ष लालबहादुर शाहीले भन्नुभयो, 'कल्भर्ट बनेपछि सवारीसाधन सहजरुपमा बस्तीमा पुग्न थालेका छन् ।' 

'नालामा कल्भर्ट नहुँदा तीन किलोमिटरको घुमाउरो बाटो भएर जान एक घण्टा लाग्थ्यो', स्थानीयवासी रमेश पन्तले भन्नुभयो, 'अब त्यो बाटो दुई मिनेटमै पूरा गर्न सकिने भएको छ, नालामा कल्भर्ट निर्माण पूरा नहुँदा बस्तीका कोही बिरामी परेमा नालाको कम्मरसम्मको पानी तरेर पार गर्नु पर्दथ्यो ।' 

नालामा कल्भर्टसँगै तटबन्धसमेत निर्माण गरिएकाले नालाको नजिकैको बस्तीमा वर्षा भएकाे पानीसमेत छिर्दैन । नालाको पानी स्थानीय बासिन्दाको खेतमा छिर्दा बालुवाले पुर्ने समस्या थियो ।

नालामा कलभर्ट निर्माणको कार्य १३ वर्षअघि सुरु गरिएको थियो । धेरै पटक नगरपालिकादेखि विभिन्न निकायमा कल्भर्ट निर्माण पूरा गरिदिन गाउँका बासिन्दा पुगे पनि बन्न सकेको थिएन ।

कलभर्ट निर्माण नहुँदा २५ हजार रुपैयाँ प्रतिकट्ठा जग्गामा बिक्री नहुने गरेको जग्गाको भाउसमेत बढेको छ । प्रतिकट्ठा जग्गाको मूल्य अहिले सात लाख रुपैयाँभन्दा बढी पुगेको स्थानीयवासीको भनाइ छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया