आईपीएल २०२० : फाइनल खेल मुम्बईमा

 माघ १४, २०७६ मंगलबार १०:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३औँ सिजन आउँदाे मार्च २९ तारिखदेखि सुरु हुँदैछ । फाइनल खेल मे २४ मा हुने छ ।

आईपीएलको खेल समयमा कुनै पनि परिवर्तन भएको छैन । झण्डै सबैजसाे खेल राति ८ बजे देखि नै सुरु हुने जनाइएको छ । यस सिजनकाे आईपीएलमा पाँच दिन मात्रै दैनिक दुई वटा खेल हुने छन् ।

आईपीएल गभर्निङ काउन्सिलको बैठकपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले खेलकाे समयमा कुनै पनि परिवर्तन नगरिएको जानकारी दिए ।

यसैगरी यो सिजनदेखि 'कन्कशन सब्सटिच्युट' नियम लागू हुने छ भने थर्ड एम्पाएरले नो बलमा पनि निर्णय गर्न पाउने छन् । 'कन्कशन सब्सिच्युट' नियम गत वर्ष एसेज टेस्टबाट लागू भएको थियो । त्यतिबेला स्टिभ स्मिथ घाइते भएपछि मार्नस लाबुशेन टिममा आएका थिए ।

'कन्कशन सब्सिच्युट' नियम भनेकाे घाइते खेलाडीकाे ठाउँमा अरु नै खेलाडीले खेल्न पाउने नियम हाे । 

गएकाे संस्करणको आईपीएलमा नो बलका विषयमा धेरै टिप्पणी भएपछि यस वर्षदेखि थर्ड एम्पाएरले नो बलमा निर्णय गर्न पाउने भएका हुन् ।

आईपीएल सुरु हुनुभन्दा तीन दिनअघि 'अल स्टार्स गेम' आयोजना गर्ने निर्णय पनि गरिएको छ । यसमा अन्तर्राष्ट्रिय चर्चित खेलाडीको एउटा टिम र भारतीय टिमबीच 'शो म्याच' हुने छ । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया