वित्तीय साक्षरतापछि खोटाङमा कृषि समूह गठन

 साउन ७, २०७५ सोमबार १३:३७:४६
unn.prixa.net

लिला निरौला 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १, २ र ४ मा  कृषक समूह गठन भएका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई २८ हप्ताको वित्तीय साक्षरता कक्षा दिएपछि तीन वटा वडाका सहभागीले ७ वटा कृषक समुह गठन गरेका हुन् । 

बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा बसेपछि सामुहिक रुपमा खेती गर्न उनीहरुले कृषक समूह बनाएका हुन् । उनीहरुले कृषक समूह जिल्ला कृषि विकास कार्यालयमा दर्ता पनि गराएका  छन् । 

यसअघि भएको ऋण घिन भन्ने मान्यतालाई हटाएर उनीहरुले उत्पादनमूलक कामका लागि लिएको ऋण धन हो भन्ने बुझाइसहित कृषि सुरु गरेको वित्तीय साक्षरता सहजकर्ता मिनप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यस्तै उनीहरुले आफ्ना उत्पादन बेचेर भएको आम्दानीबाट समूहमा ५ सय रुपैयाँ बचत पनि गर्न थालेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया