जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधि...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला इङ्ग्लिश फुटबल लिग (ईएफएल), कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा लेस्टर सिटीलाई ३–२ गोले हराउँदै भिल्ला फाइनलमा पुगेको हो । मंगलबार राति भएको दोस्रो लेगमा लेस्टर सिटीलाई दुई–एकले हराएपछि एस्टन भिल्लाले समग्रमा तीन–दुईको जित निकाल्यो । लेस्टरको मैदानमा भएको पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको थियो ।
भिल्लाको मैदानमा भएको दोस्रो लेगमा महमुद ट्रेजेग्वेटले इन्ज्युरी समयमा गोल गरेपछि घरेलु टोलीले फाइनलको यात्रा तय गरेकाे हाे । खेलको १२औँ मिनेटमा म्याट टार्गेटले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए ।
खेलकाे ७२औँ मिनेटमा केलेची इहानाचोले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । इन्ज्युरी समयको तेस्रो मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै एस्टन भिल्लालाई फाइनलमा पुर्याए ।
लिग कपको उपाधिका लागि एस्टन भिल्लाले म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति हुने म्यान्चेस्टर डर्बीले फाइनल पुग्ने टिमको टुुङ्गो लगाउनेछ ।
युनाइटेडको मैदानमा भएको पहिलो लेगमा सिटी तीन–एक गाेल अन्तरले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।