हुम्लामा स्वास्थ्य समस्याले ज्यान गुमाउनेको संख्या आठ पुग्यो

 माघ १५, २०७६ बुधबार १६:१६:४० | रासस
unn.prixa.net

हुम्ला - हुम्लामा स्वास्थ्य समस्याका कारण पुस २८ गतेदेखि माघ दोस्रो हप्तासम्म आठ जनाको ज्यान गएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको ज्यान गएको हो । 

हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायतका कारणले ज्यान गएकोे हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले जानकारी दिनुभयो ।

करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिनुभयो । 

हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ । त्यस्तै बैंक कारोबार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया