पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

 माघ १५, २०७६ बुधबार १९:३०:४० | रासस
unn.prixa.net

काठमाण्डौ - पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ। अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाकाे रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो ।

‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताउनुभयो ।

‘हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौँ  । अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयो।

नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुबैतर्फ ठूलो सङ्ख्यामा आम-नागरिक तथा सवारी साधनहरु अलपत्र परेका छन् । अफगानिस्तानको पूर्वी नानगार्हार प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन् । 

नानगार्हारका प्रवक्ता अतुल्लाह खोग्यानीले दुबै देशका अधिकारीहरुका बीचमा कुराकानी भइरहेको जानकारी दिनुभयो । उहाँहरुले नाका पुनः खुला गर्ने बारेमा पनि कुरा गर्नुभएको खोग्यानीको भनाइ छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया