दक्षिण कोरियामा विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्ड...
पुस २८, २०८१ आइतबार
रसुवा - छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको छ ।
उत्तरी सीमाको मार्ग हुँदै नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले रसुवागढीमा रहेको ‘हेल्थ डेस्क’लाई उच्च स्रोतसाधनयुक्त बनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, त्यस्तो रोगको लक्षण देखिन आएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सधन कक्ष तयार पार्ने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने निर्णय भएको बताइएको छ ।
रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटाको संयोजकत्वमा सहायक प्रजिअ सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अनिल खरेल रहनुभएको उपसमिति गठन भइसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकोछ ।
उता सीमा क्षेत्रका चिनियाँ अधिकारी भने आजदेखि रसुवागढी केरूङ सीमा क्षेत्रको आवतजावतमा बन्द गरेका छन् । कोनोरा भाइरसको नियन्त्रको समस्या एवं चिनियाँ भू–भागको राजमार्गमर्मत र ल्होछार पर्व समेतको कारण दर्शाइ आजदेखि १५ दिनका लागि केरूङको आवतजावत बन्द गरेको बताइएको छ ।
राजमार्ग सुधारका क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न १५ दिनका लागि कुनै पनि सवारी साधन नगुढाउने र मानिस ओहरदोहरमा रोक लगाउने सीमा क्षेत्रका चिनियाँ अधिकारीले जानकारी पठाएको सुरक्षा निकायले बताएको छ ।
सामान लिन रसुवागढी पुगेरको मितेरी पुल नजिकै रहेको चिनियाँ गढीबजारसम्म जान भने स्थानीयवासी पाउने जानकारी आएको सीमा क्षेत्रका सुरक्षा निकायले जनाएको छ । आजदेखि रसुवागढी केरूङको अवतजावत नहुने भएपछि कामको सिलसिलामा केरूङबाट घर आउन चाहने नेपाली भने मङ्गलबार साझ नै नेपाल भित्रिसकेको स्थानीयवासीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।