जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधि...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – पोर्चुगल तथा सिरी ए क्लब युभेन्टसका स्टार क्रिस्टयानो रोनाल्डाे सामाजिक सञ्जाल 'इन्स्टाग्राम' मा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्तिकाे पहिलो नम्बरमा परेका छन् ।
इन्स्टाग्राममा रोनाल्डाेको २ सय मिलियन अर्थात् २० कराेड फलोअर्स पुगेको छ । यस्तै उनीपछि इन्स्टाग्राममा धेरै फलोअर्स हुने व्यक्तिकाे दोस्राे नम्बरमा अङ्ग्रेजी गायिका अरिआना ग्रान्ड छिन्, उनको इन्स्टाग्राममा कुल १ सय ७३ मिलियन फलोअर्स रहेका छन् ।
त्यस्तै यो सूचीको तेस्रो नम्बरमा रेस्लर तथा फिल्म निर्माता रक जोन्सन रहेका छन् । उनको इन्स्टाग्राममा कुल १ सय ७० मिलियन फलोअर्स रहेका छन् । त्यस्तै अर्का चर्चित खेलाडी बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी १ सय ४१ मिलियन फलोअर्ससहित ८औँ स्थानमा छन् ।
पीएसजी तथा ब्राजिलियन खेलाडी नेयमार १ सय ३२ मिलियन फलोअर्ससहित १०औँ स्थानमा रहेका छन् ।
प्रतिवेदनका अनुसार रोनाल्डाेले इन्स्टाग्रामबाट वर्षमा ४७ मिलियन डलर कमाइ गर्छन् । जबकि उनले फुटबलबाट ३४ मिलियन डलर कमाइ गर्छन् । इन्स्टाग्रामबाट सर्वाधिक कमाइ गर्ने खेलाडीको दोस्राे नम्बरमा मेस्सी रहेका छन् । उनले वर्षमा इन्स्टाग्रामबाट २३ मिलियन डलर कमाइ गर्ने प्रतिवेदनले देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।