तत्काल सरकारमा जाने सम्भावना छैन, हाम्राे माग सम्बाेधन भयाे भने चाहिँ साेच्न सकिन्छ : संयोजक यादव

 माघ १७, २०७६ शुक्रबार ७:५:५७ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पार्नु भएको छ ।

रिपोटर्स क्लबले आयोजना गरेकाे साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चलिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जाने बारे पार्टीभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावना नरहेको बताउनु भयो ।   

उहाँले भन्नुभयो, 'सरकारमा सहभागी हुने बारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन । त्यसैले सरकारमा जाने सम्भावना छैन । प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन ।' 

संयोजक यादवले तत्काल सरकारमा जाने सोच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने प्रस्ट्याउनु भयो ।

यादवले सरकारमा जानु मात्रै आफ्नाे पार्टीकाे मनसाय नभएकाे बताउँदै भन्नुभयाे, 'सरकारले हाम्रा विगतका मुद्दा र हाम्राे मागलाई उचित सम्बाेधन नगर्ने हाे भने हामी सरकारमा किन जाने ?' साथै उहाँले मधेश–थारुहट आन्दाेलनका क्रममा पक्राउ परेका आफ्ना नेतामाथि लागेका मुद्दा फिर्ता गर्न र घाइतेकाे उपचारमा सरकारले सघाउनु पर्ने बताउनु भयाे । 

साथै उहाँले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास पनि व्यक्त गर्नुभयाे । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया