प्रदेश २ : छोरी शिक्षा बीमा कार्यक्रम २० वर्षपछि २० लाखको हुने

 माघ २०, २०७६ सोमबार ६:३५:१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश २ सरकारले छोरी शिक्षा बीमा कार्यक्रमको रकम २० लाख पुर्याउने योजना बनाएकाे छ । 

आइतबार महोत्तरीको सोनमा माविका छात्रालाई साईकल वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले अभियानलाई थप प्रभावकारी बनाउन २० वर्षपछि बीमा रकम २० लाख पुर्याउने प्रयास गरिएको बताउनु भएको हो । प्रदेश सरकारले छोरी शिक्षा बीमालाई केही दिन अगाडि मात्रै बढाएर ३ लाख पुर्याएको थियो । 

कार्यक्रममा सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार  यादवले अब छोरी शिक्षा बीमालाई प्रभावकारी बनाउन गाउँपालिकाले आफ्नो तर्फबाट थप ३ लाख रकम थप्ने घोषणा गर्नुभएकाे छ ।

छोरी बीमालाई प्रभावकारी बनाउन २०७५ साल माघयता जन्मिएकी छोरीलाई बीमा गराएबापत खातामा ३ लाख रकम राख्ने पालिकाका अध्यक्ष यादवले घोषणा गर्नु भएको हो ।

सोनमा गाउँपालिका २ मा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत ९० जना छात्रालाई मुख्यमन्त्री राउतले साईकल वितरण गर्नुभएकाे छ । 

 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया