मोरङ–सुनसरी औद्योगिक करिडोरमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने

 माघ २१, २०७६ मंगलबार १८:४८:४० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा उद्योगमा तालिमसहितको रोजगारी उपलब्ध गराउन लागिएको हो । ग्रामीण उद्योग तथा विप्रेषण आयोजना, समृद्धि हेल्भेटास र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले गरेको कार्यक्रममा तालिम दिइ दक्ष बनाएर रोजगार उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादन गरी रोजगारी दिने सम्झौतामा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (सम्मृद्धि)का आयोजना प्रबन्धक सरोजप्रसाद गुरागाईं र उद्योग वाणिज्य महासंघका तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्ताक्षर गर्नुभएको हो । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया