अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ३८ राज्यको नतिजा सार्वजनिक...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – आईसीसी विश्वकप लिग क्रिकेट–२ मा नेपालका युवा खेलाडी सुशन भारीले सनसनीपूर्ण डेब्यू गरेका छन् । युवा खेलाडी भारीले पहिलाे खेलमा नै अविस्मरणीय बलिङ काैशल देखाए ।
भारीले १० ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १४ रन खर्चिएर महत्वपूर्ण तीन विकेट हात पारे । नेपालका लागि सुरुका दुई सफलता करण केसीले दिलाएका हुन् भने तेस्रो सफलता रन आउट गर्दै दीपेन्द्रसिंह ऐरीले दिलाएका थिए । चौथो, पाँचौं र छैटौं विकेट सुशन भारीको नाममा रह्यो ।
५७ रन हुँदा पाँचौं सफलता हात पारेको नेपालले छैटौं सफलता हात पार्न भने केही समय कुर्नुपरेको थियो । ओमानका मोहम्मद नदीम र सन्दीप गौडले ६१ रनको साझेदारी गर्दै सय रन कटाएका थिए ।
ओमानको स्कोर एक सय १८ रन हुँदा भारीले सन्दीप गौडलाई आउट गरे । सन्दीप ३३ रन बनाएर आउट भएका हुन् । सातौं सफलता भने दीपेन्द्रसिंह ऐरीले दिलाए । ऐरीले वादल सिंहलाई पाँच रनमा आउट गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।