जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधि...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ मा ओमानले नेपालाई एक सय ९८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९७ रन जोडेको हो । त्रिवि क्रिकेट मैदानमा लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज बुधबारदेखि सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा बुधबार नेपाल र ओमान खेलेका हुन् ।
ओमानमाथि नेपाली बलरहरु सुरुदेखि नै हाबी देखिए । ओमानका जीतेन्दर सिंह र खवार अली ओपनिङका लागि आएका थिए । जीतेन्दरले पहिलो ओभरको अन्तिम बलमा आफ्नो विकेट करण केसीलाई सुम्पिए । सुरुका तीन बल डट राखेका करणले चौथो बलमा चौका खाए । पाँचौं बल डट राखे भने अन्तिम बलमा करणले जितेन्दरलाई पेभेलियन फर्काउन सफल भए । जितेन्दर ४ रनमा आउट भएका हुन् ।
त्यसपछि क्रिजमा आएका अकिब इलियस र खवार अलीले ओमानको पारी अघि बढाउन खोजे पनि फेरि करण नै बाधक बने । करणले खवारलाई विकेटकीपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए । खवार व्यक्तिगत ५ रन बनाएर आउट हुँदा ओमानको स्कोर १९ रन रहेको थियो ।
तेस्रो सफलता भने नेपालले रनआउट मार्फत हात पार्याे । यही सिरिजमा डेब्यू गरेका अभिनाश बाेहराकाे बलिङमा दीपेन्द्र ऐरीले अकिब ल्लियासलाई रनआउट गरे । उनी १६ रन बनाएर आउट भए ।
चौथो र पाँचौं सफलता भने नेपालले एकै ओभरमा प्राप्त गरेको थियो । यो सिरिजमा डेब्यू गरेका अर्का खेलाडी सुशन भारीले सफलता दिलाए । नेपाललाई चौथो सफलता दिलाउने क्रममा सुशनले ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे । मक्सुद २० रन बनाएर भारीको बलमा एलबीडब्ल्यूको धरापमा परे ।
त्यसलगत्तै क्रिजमा आएका नेपाली मुलका ओमानका खेलाडी सुरज कुमार पनि खाता नै नखोलि भारीकै बलमा आउट भए । उनलाई नेपालका कप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गर्दै पाँचौं सफलता दिलाए ।
छैटौं सफलता पनि सुशनको बलिङमा नेपालले हात पारेको थियो । ५७ रन हुँदा पाँचौं सफलता हात पारेको नेपालले छैटौं सफलता हात पार्न भने केही समय कुर्नुपरेको थियो ।
ओमानका मोहम्मद नदीम र सन्दीप गौडले ६१ रनको साझेदारी गर्दै सय रन कटाएका थिए । ओमानको स्कोर ११८ रन हुँदा भारीले सन्दीप गौडलाई आउट गरे । सन्दीप ३३ रन बनाएर आउट भएका हुन् । सातौं सफलता दीपेन्द्रसिंह ऐरीले दिलाए । ऐरीले बादल सिंहलाई ५ रनमा पभेलियन पठाएका थिए ।
४१ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनाएको ओमानले त्यसपछि आक्रामक रुपमा रन बनाउँदै १ सय ५० रन कटाएको थियो । करणले व्यक्तिगत तेस्रो सफलता हात पार्दा नेपालले आठौं विकेट लिएको थियो । १ सय ६६ रन हुँदा ओमानले नसिम खुशीको विकेट गुमाउन पुग्यो । नसिम २८ रन बनाएका बेला करणको बलमा शरद भेषावकरको क्याच आउट भए ।
नवौं विकेट पनि करणले नै दिलाए । करणले कलिमुल्लाहलाई विनोद भण्डारीबाट आउट गराएका हुन् । उनी १ रन बनाएर आउट भए । अन्तिमसम्म टिकेका मोहम्मद नदीमले भने अर्धशतकीय पारी खेले । उनी ६७ रनमा नटआउट रहँदा विलाल खान पनि ८ रनमा अविजित रहे ।
बलिङमा कसकाे प्रदर्शन कस्तो ?
नेपालका लागि ओमानविरुद्धकाे खेलमा ६ जना बलरले बलिङ गरे । ओपनिङ बलिङ करण केसीले गरेका थिए । उनले ९ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ४७ रन खर्चिँदा ४ विकेट लिए ।
दोस्रो बलरको रुपमा अभिनाश बोहराले बलिङ गरे । उनले यही खेलमा डेब्यू गरेका हुन् । अभिनाशले ९ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै ३८ रन दिए ।
तेस्रो बलरको रुपमा सन्दीप लामिछाने आएका थिए । लामिछानेले १० ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ४५ रन खर्चिए । ओमानविरुद्धकाे खेलमा उनी विकेटविहीन बने ।
चौथो बलरको रुपमा पारस खड्काले बलिङ गरेका थिए । उनले ७ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ३० रन दिए ।
पाँचौं बलरको रुपमा यही खेलमा डेब्यू गरेका सुशन भारी प्रयोग भएका थिए । उनको डेब्यु भने सानदार रह्यो । १० ओभरको स्पेल पूरा गरेक उनले १ ओभर मेडन राख्दै महत्वपूर्ण तीन विकेट लिए ।
छैटौं बलरको रुपमा दीपेन्द्रसिंह ऐरीले बलिङ गरेका थिए । ऐरीको नाममा एक विकेट रह्यो भने एउटा रन आउटमा महत्वपूर्ण योगदान गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।