एम्बाप्पेलाई फकाउन पीएसजी व्यस्त, रियल मड्रिडको प्रस्ताव नसुन्ने

 माघ २६, २०७६ आइतबार १७:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना स्टार खेलाडी किलियन एम्बाप्पेमाथि स्पेनिस क्लब रियल मड्रिडले गर्ने कुनै पनि प्रस्ताव नसुन्ने बताएको छ ।

यसअघि फ्रान्सका २१ वर्षीय खेलाडी एम्बाप्पे रियलप्रति इच्छुक रहेको र रियल पनि एम्बाप्पेलाई अनुबन्धित गर्ने प्रकृया थालेको बताइएको थियो ।

पीएसजीका प्रशिक्षक थोमस ट्युचेलसँग नेयमारको चिस्सिँदो सम्बन्धबीच रियलले एम्बाप्पेलाई अनुबन्धित गर्ने योजना बनाएको बताइएको थियो । पीएसजीले भने एम्बाप्पे सन् २०२२ सम्मका लागि पीएसजीमै रहने बताएको छ । 

एम्बाप्पे निरन्तर खेलका दौरान सब्सिच्युट भएपछि क्लबका सदस्यहरुसँग रुष्ट भएको बताइएको थियो तर पीएसजी भने निरन्तर एम्बाप्पेलाई फकाउन लागि परेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया