फ्रेन्च लिगमा पीएसजीको ६१ अंक

 माघ २७, २०७६ सोमबार ७:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन पीएसजीले ओलम्पिक लियोनमाथि ४–२ को जित हात पारेको छ । 

पेरिसमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि एंगल डी मारिया, केलियन एमबाप्पे र इडिन्सन कभानीले एक एक गोल गरे । खेलमा पीएसजीले एउटा गोल उपहार पाएको थियो ।

२२औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३८औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको पीएसजीले दोस्रो हाफको दोस्रो मिनेटमा एउटा गोल उपहार पायो । फर्नाण्डो मार्ससलले आफ्नै पोस्टमा गोल गरेपछि पीएसजीले ३–० को अग्रता लियो ।

५२औं मिनेटमा मार्टिन टेरियरले र ५९औं मिनेटमा मउसा डेम्बेलेले लियोनका लागि गोल गर्दै पीएसजीको अग्रता ३–२ मा झारे । तर, इडिन्सन कभानीले ७९औं मिनेटमा गोल गरेपछि पीएसजी ४–२ ले विजयी भयो ।

जितसँगै पीएसजीले लिगमा ६१ अंक बनाएको छ । दोस्रो स्थानको मार्सेको ४९ अंक छ । पराजित लियोन भने ३३ अंक सहित नवौं स्थानमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया