चितवनको भरतपुरमा स्थानीय जातका गाई संरक्षण गर्न कोष स्थापना
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानले अमेरिकालाई दुई सय ७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७६ रन बनायो । ओमानका लागि कप्तान जिशान मक्सुद र अकिब इलियासले तेस्रो विकेटका लागि कीर्तिमानी दुई सय १६ रनको साझेदारी गरे । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा ओमानका खेलाडीले गरेको याे अहिलेसम्मकै ठूलो साझेदारी हो ।
यसअघि नेपालविरुद्ध यी दुई खेलाडीले एक सय ६७ रनको साझेदारी गरेका थिए । ३१ रनमा दुई विकेट गुमाएको अवस्थामा यी दुईले ओमानको पारीलाई सम्हालेका थिए । ओमानका ओपनर खवार अली १० रनमा आउट भएपछि ओमानले २१ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि जतिन्दर सिंह पनि मात्र नौ रनमा आउट हुँदा ओमानले ३१ रनमा दोस्रो विकेट खेर फाल्यो ।
तर त्यसपछि ओमानका अकिब र मक्सुदले अमेरेकी बलरलाई हैरान पारे । कप्तान जिशानले १ सय ९ रन बनाए । उनले १ सय ९ बलमा १० चौका र चार छक्का प्रहार गरे । यस्तै अकिबले पनि उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले एक सय २३ बलमा ११ चौका र एक छक्काको मद्दतले एक सय पाँच रन बनाए ।
ओमानका लागि एकदिवसीय क्रिकेटमा लगातार दुई खेलमा दुई शतक बनाउने अकिब पहिलो खेलाडी बनेका छन् । यसका साथै उनी ओमानका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन् । यस्तै अहिले चलिरहेकाे विश्वकप क्रिकेट लिग–२ मा सर्वाधिक रन बनाउने खेलाडी पनि अकिब नै हुन् ।
उनले अहिलेसम्म ६ सयभन्दा बढी रन बनाइसकेका छन । जसमा उनको दुई शतक र चार अर्धशतक रहेको छ । ओमानको स्कोर दुई सय ४७ रन हुँदा ओमानले तेस्रो विकेट गुमायो ।
त्यसपछि क्रिजमा आएका नासिम खुसी मात्र पाँच रनमा आउट हुँदा ओमानले दुई सय ५५ रनमा पाँचौ विकेट गुमायो । त्यसपछि जेशान पनि आउट हुँदा ओमानले दुई सय ५८ रनमा पाँचौ विकेट गुमायो ।
याे ओमानले एकदिवसीय क्रिकेटमा बनाएकाे याे अहिलेसम्मकै उच्च याेगफल हाे । यसअघि ओमानले यही प्रतियोगितामा नामिबियाविरुद्ध बनाएको दुई सय ७२ रन बनाएकाे थियाे ।
बलिङमा अमेरिकाका सौरभ नेत्रवाल्करले र रुस्टी थेरोनले तीन–तीन विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।