अमेरिका ३५ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट

 माघ २९, २०७६ बुधबार १०:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिका ३५ रनमै अलआउट भएको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भएको हो । 

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राखेर १६ रन खर्चिँदा ६ विकेट हात पारे । यो उनको करियरकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

सुशन भारीले तीन ओभरमा एक मेडन राखेर मात्र पाँच रन दिँदा महत्वपूर्ण चार विकेट हात पारे । त्यस्तै तीन ओभर बलिङ गरेका करण केसी भने विकेटविहीन बन्न पुगे ।

अमेरिकाका एक जना ब्याट्सम्यानले मात्र दोहोरो अङ्क बनाउन सके । जेभियर मार्शलले १६ रन बनाउँदा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । 

यो खेलमा नेपालले विपक्षी टिमलाई न्यून कम योगफलमा रोक्ने कीर्तिमान बराबर गरेको छ । यसअघि सन् २००४ मा जिम्बाब्वे श्रीलङ्काविरुद्ध ३५ रनमै अलआउट भएको थियो । 
 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया