राशिद अब टेस्ट खेलाडी भइसके, एसाेसिएट राष्ट्रबाट म नै 'नम्बर वान' खेलाडी हुँ : सन्दीप

 फागुन १, २०७६ बिहीबार ७:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाविरुद्धको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ गर्दै ६ विकेट हात पारेका सन्दीप लामिछानेले ठट्याैली शैलीमा आफू एसोसिएट राष्ट्रको नम्बर एक बलर भएको सङ्केत गरेका छन् ।

अमेरिकाविरुद्ध पाँच विकेटको 'हल' गर्ने दोस्रो नेपाली खेलाडी बनेका सन्दीपले खेल सकिएपछि पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

'एसोसिएट क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने राशिद खानपछि दोस्रो एसोसिएट खेलाडी भएकोमा के भन्नुहुन्छ ?' भन्ने प्रश्नमा सन्दीपले ठट्याैली पारामा भने, 'राशिद अब टेस्ट खेलाडी भइसके, त्यसैले म नै नम्बर एक बलर हुँ ।' 

बुधबारकाे खेलमा सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भएकाे थियाे । सन्दीपले ६ विकेट हात पार्दा सुशनले चार विकेट लिएका थिए । सन्दीपले आफूलाईभन्दा सुशनलाई बधाइ दिनुपर्ने प्रतिक्रिया पनि दिएका थिए । 

यसका साथै  उनले आफ्नो बलिङबाट निकै सन्तुष्ट रहेको धारणा राखे । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया