वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - गएकाे मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीले अझै पुरस्कार बापतकाे रकम पाउन सकेका छैनन् ।
साग पदक विजेतालाई एक महिनाभित्र पुरस्कार बापतकाे रकम हस्तान्तरण गर्ने घाेषणा गरेकाे भए पनि घाेषणा भएकाे चार महिनासम्म पनि रकम हस्तान्तरण हुन नसकेकाे हाे ।
सरकारले प्रस्तावित पुरस्कार रकम बल्ल अर्थ मन्त्रालयबाट स्वीकृत भएकाे जानकारी गराएकाे छ । बुधबार खेलकुद मन्त्रालय आइपुगेको फाइल छिट्टै मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गरेपछि खेलाडी तथा प्रशिक्षकलाई वितरण गरिने जानकारी दिएकाे हाे । सरकारले एकल खेलतर्फ स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कांस्य विजेतालाई तीन लाख दिने निर्णय गरिसकेको छ ।
१ भन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण ११ लाख रुपैयाँ पाउनेछन् । यस्तो सुविधा सागमा सर्वाधिक ४ स्वर्ण जितेकी गौरिका सिंह तथा २ स्वर्ण विजेताहरु मन्डेकाजी श्रेष्ठ, आयशा शाक्यलगायतलाई हुनेछ ।
त्यस्तै सामूहिक खेलका स्वर्ण विजेतालाई ६ लाख दिइने छ । त्यस्तै स्वर्ण विजयी खेलाडीका प्रशिक्षकलाई पनि जनही ५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था छ ।
राखेप हुँदै पुरस्कार रकमको फाइल खेलकुद मन्त्रालय पुगेको हो । मन्त्रालयले उक्त फाइल डेढ महिनाअघि नै स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । अर्थले ढिला गरी बुधबार मात्र पारित गरेको हो ।
मन्त्रालयले खेलाडीको पुरस्कारका लागि २४ करोड ७४ लाख रुपैयाँ निकासाका लागि सिफारिस गरेको थियो । मन्त्रालयका अनुसार प्रशिक्षकको पुरस्कार रकममा केही कटौती भएको छ । अन्य ब्यहोरा हुबहु पारित गरिएको छ । यद्यपी मन्त्रिपरिषद्को बैठकले सबै टुंगो लगाउनेछ ।
साग सम्पन्न भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर तामझामपूर्वक विशेष प्याकेज घोषणा गर्नुभएकाे थियाे ।
घोषणालगत्तै राखेप सदस्य-सचिव रमेशकुमार सिलवालले १ महिनाभित्रै खेलाडीले पुरस्कार पाइसक्ने दावी गर्नुभएकाे थियाे ।