काे बन्ला विश्वकै उत्कृष्ट प्रशिक्षक ?

 साउन ९, २०७५ बुधबार १३:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फिफाले विश्वका उत्कृष्ट प्रशिक्षकहरुको मनोनयन सार्वजनिक गरेको छ ।

आउँदो सेप्टेम्बर २४ मा हुने अवार्ड समारोहका लागि फिफाले ११ सदस्यीय नामावली सार्वजनिक गरेको हो ।

मनोनयनमा आफ्नो टिमलाई विश्वकपको सेमिफाइनलमा पुर्‍याउन सफल चार जना प्रशिक्षक परेका छन् । फ्रान्सलाई विश्वकप जिताएका प्रशिक्षक डिडियर डेसच्याम्प, क्रोएसियालाई उपविजेता बनाउन सफल प्रशिक्षक ज्लाट्काे डालिच,  बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज र इंग्ल्याण्डका ग्यारेथ साउथगेट छन् ।

यस्तै रसियालाई ऐतिहासिक उपलब्धि दिलाएका प्रशिक्षक स्टानिस्लाभ चेरचेसोभ पनि मनोनयनमा पर्न सफल भएका छन् ।

११ प्रशिक्षकको मनोनयनमा रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताएका जिनेदिन जिदान, बार्सिलोनालाई ला लिगा जिताएका अर्नेस्टो भाल्भार्डे, म्यान्चेष्टर सिटीलाई प्रिमियर लिग जिताएका पेप ग्वार्डिओला, युभेन्टसलाई सिरी ए उपाधि जिताएका मास्सिमिलानो एलेग्री, लिभरपुलका प्रशिक्षक जर्जेन क्लोप र एथलेटिको मड्रिडका डिएगो सिमोनी पनि छन् ।

फिफाले महिला तर्फको मनोनय सूची पनि सार्वजनिक गरेको छ । चेल्सीको महिला टिमलाई एफए कप र सुपर लिग जिताएकी प्रशिक्षक एम्मा हाएस मनोनयनमा परेकी छिन् ।

यस्तै उल्फस्बर्गका स्टेफेन लेर्च, पोर्टल्याण्ड थर्नसका मार्क पार्सनस, ओलम्पिक लियोनका रेनाल्ड पेद्रोस, अष्ट्रेलिया राष्ट्रिय टिमका एलेन स्टासिक, जापान राष्ट्रिय टिमकी असाको टाकाकुरा, ब्राजिल राष्ट्रिय टिमका भाडाओ, स्पेन राष्ट्रिय टिमका जर्ज भिल्दा, स्वीट्जरल्याण्डकी मार्टिना भोस टेक्लेनबर्ग र नेदरल्याण्ड राष्ट्रिय टिमकी सारिना विगम्यान परेका छन् ।

उत्कृष्ट प्रशिक्षकको विजेता भोटिङका आधरमा घोषणा गरिनेछ । फिफाले अगष्ट १० सम्म भोटिङ खुल्ला रहने जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया