माैसम : पहाडी क्षेत्रका केही ठाउँमा अहिले पानी पर्दै, साेमबारसम्म लम्बिन सक्ने

 फागुन ११, २०७६ आइतबार १७:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैसहित पहाडी क्षेत्रमा आज हल्का पानी पर्ने अनुमान गरिएको छ । मौसमविद् राजु प्रधानांगले अहिले पनि पहाडी केही क्षेत्रमा हल्का पानी पर्ने बताउनुभयो । 

पश्चिमी न्यून चापीय प्रणाली र स्थानिय वायूको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने उहाँले जानकारी दिनुभयो । 
यो वायुको प्रभावका कारण अबको केही दिनको मौसम यस्तै  रहने पूर्वानुमान गरिएको छ ।

अहिले देशभरको मौसम आंशिक बद्ली भएको छ । राति पनि मौसक बद्ली नै रही केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् प्रधानांगले बताउनुभयो । 

यस्तै भोलि भने देशका धेरै ठाउँको मौसम बद्ली भइ मध्य तथा पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने अनुमान छ । अब चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया