यौन व्यवसाय खुला गर्नुपर्ने कांग्रेस सांसद घिमिरेको प्रस्तावको संसदमै विरोध

 चैत ४, २०८१ सोमबार १५:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – यौन व्यवसाय खुला गर्नुपर्ने नेपाली कांग्रेसका सांसदको प्रस्तावको संसदमै विरोध भएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताउनुभएको थियो । तर प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले यो प्रस्ताव आपत्तिजनक रहेको बताउनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले पनि यस्तो प्रस्ताव आउनु गलत रहेको बताउनुभयो ।

कांग्रेस सांसद घिमिरेले धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने आग्रह गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया