सिङ्गापुर र मलेसियासँगको फुटबलका लागि नेपाली टोली घोषणा

 चैत ४, २०८१ सोमबार १६:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – सिङ्गापुर र मलेसियासँगको फुटबलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटमा मलेसियासँगको खेलका लागि आज २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपालले सिङ्गापुरसँग आउँदो शुक्रवार खेल्नेछ भने एशियन कप छनोटमा मलेसियासँग चैत १२ गते खेल्नेछ । एक वर्षको कार्यकालका लागि नियुक्त भएका रोसको यो पहिलो खेल हुनेछ ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र अञ्जल श्रेष्ठ छन् । यस्तै डिफेन्डरमा अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ छन् ।

मिडफिल्डरमा रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, कृतिशरत्न छुन्जु र आयुष घलान छन् । यस्तै फरवार्डमा जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, सुवा ठकुरी बम र रेजिन सुब्बा छन् ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया