भारतको दिल्लीमा भारी वर्षा : चार तलाको भवन भत्किँदा चार जनाक...
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – गुल्मी, प्यूठान, सल्यान, बागलुङ, हुम्ला, दाङलगायत पश्चिम नेपालमा ठूलो वर्षा गराएको प्रणाली पूर्वतिर सरिरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसहित स्थानीय वायुको प्रभावले बिहानैदेखि पश्चिम नेपालमा पानी परेकोमा त्यही प्रणाली पूर्वतिर सरिरहेको हो ।
पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित भइरहेको वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्यूठानको स्वर्गद्वारीमा ६ घण्टामा ३२ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै रोल्पा, दैलेख, गुल्मीलगायतका जिल्लामा पनि ६ घण्टामा २० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
पश्चिममा पानी पारिरहेको प्रणालीले लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र हुँदै बागमती र कोशी प्रदेशमा समेत वर्षा गराउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकासहित असपासका क्षेत्र र कोशी प्रदेशका केही जिल्लामा पनि पानी परिरहेको छ ।
महाशाखाले अबको दुई दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँलगायतका बाली अहिले नकाट्न किसानलाई माैसमविद्ले सुझाव दिएका छन् ।मौसमविद् हरिप्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।