नेपाल सुपर लिगको पहिलो क्वालिफायरमा आज ललितपुर र धनगढी खेल्दै
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – शिक्षकहरूले आज १६औं दिन पनि काठमाण्डौको सडकमा प्रदर्शन गरेका छन् । चैत २० गतेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि सडकमा प्रदर्शन गरेका हुन् ।
शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेशवर सडक अवरुद्ध भएको छ । शिक्षकहरूले सडक ढाक्ने गरी प्रदर्शन गरिरहेका छन् । माइतीघर–नयाँ बानेश्वर सडकको प्रभावले बागमती करिडोरसहित अरू सडकहरूमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ ।
सरकारले बजेट अधिवेशन आह्वान गरेर 'फास्ट ट्र्याक' बाट विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिए पनि शिक्षकहरूले विश्वास गरेका छैनन् । सरकारबाट यसअघि धोका पाएको भन्दै शिक्षकहरू यस पटक ऐन लिएर मात्रै फर्कने अडानमा छन् ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि हुने तालिका छ । शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । शिक्षकहरू परीक्षामा आउने आशामा रहेको तर अब समय कम हुँदै गएको उहाँले बताउनुभयो ।
कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन नभएमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने भएकोले शिक्षक र सरकार दुवै संवेदनशील हुनुपर्ने बाेर्डका अध्यक्ष शर्माकाे भनाइ छ । बोर्डले विज्ञप्ति निकालेर परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न शिक्षकहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ ।
यस्तै निजी विद्यालयमा भर्ना अभियानसँगै कक्षा सञ्चालनसमेत शुरू हुन थालिसकेकोले निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबीचको विभेद झन् चुलिने भन्दै शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।